काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज शुभमुहूर्त गरिएको छ । ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको हो ।
पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन् । चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्यलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा कथा कुमार बेन्जन्कारको रहेको छ । पटकथा गणेश कार्कीको रहेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्याप रहने छ ।












