काठमाडौं । झापाको भद्रपुर नगरपालिका–७ स्थित आनिमार्गमा प्रहरीले अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने २०० ग्राम ३९० मिलिग्राम पदार्थसहित ४ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमान्डमा गएको टोलीले गोप्य सूचनाको आधारमा कारवाही गरेको हो। पक्राउ परेकाहरूले बागमती प्रदेश ०१–०२५च–०८७७ नम्बरको ह्युन्डाई क्रेटा कार प्रयोग गरी लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति
पक्राउ परेकाहरू सबैजना नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका बासिन्दा हुन्।
साजन तामाङ (३१ वर्ष), वडा नं. १३
सजिन लामा (३० वर्ष), वडा नं. १३
दिपेश लामा (३३ वर्ष), वडा नं. १३
राम तामाङ (२३ वर्ष), वडा नं. ११
बरामद सामग्री
प्रहरीले ब्राउन सुगरसहित प्रयोग गरिएको कार र विभिन्न कम्पनीका मोबाइलहरू समेत बरामद गरेको छ।
VIVO मोबाइल सेट – २ थान
APPLE कम्पनीको iPhone – १ थान
INFINIX मोबाइल – १ थान
REDMI मोबाइल – १ थान
पक्राउ परेकाहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको छ। झापा जिल्ला प्रहरी कार्यालयका अनुसार हाल थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।












