काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे।
शर्माले राजनीतिक दलहरुले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने बताए। उनले जनताले राजनीतिक दलहरुबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाउनुपर्ने बताए।












