काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। मंगलबार त्रिवि क्रिकेट रङ्गशालामा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले जितको खाता खोलेको हो।
टस हारेर १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा १८० रन बनायो। माज सदाकतले ३० बलमा ६३ तथा अनिल शाहले ३६ बलमा ६१ रन बनाए। अमर रौतेला, कमलसिंह ऐरी र सोहिल तानवीरले चितवनका लागि १–१ विकेट लिए।
यो जितसँगै जनकपुरको लगातार चार खेलमा आएको हारको श्रृंखला टुटेको छ। चितवनको भने यो तेस्रो हार हो।जनकपुर बोल्ट्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। मंगलबार त्रिवि क्रिकेट रङ्गशालामा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले जितको खाता खोलेको हो।
टस हारेर १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा १८० रन बनायो। माज सदाकतले ३० बलमा ६३ तथा अनिल शाहले ३६ बलमा ६१ रन बनाए। अमर रौतेला, कमलसिंह ऐरी र सोहिल तानवीरले चितवनका लागि १–१ विकेट लिए।
यो जितसँगै जनकपुरको लगातार चार खेलमा आएको हारको श्रृंखला टुटेको छ। चितवनको भने यो तेस्रो हार हो।