काठमाडौं। इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको निर्णय स्वीकार गरेको छ। तर, उसले लेवनानमा भने युद्धविराम लागू नहुने स्पष्ट पारेको छ। तर, पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम लेवनान लगायत अन्य क्षेत्रहरूमा पनि लागू हुने बताइएको छ।
इसराइलले आफ्नो आधिकारिक वक्तव्यमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि हुने आक्रमण दुई हप्ताका लागि रोक्ने निर्णयलाई समर्थन गर्छौं, तर त्यसका लागि इरानले तत्काल स्ट्रेट अफ होर्मुज खोल्नुपर्छ र अमेरिका, इसराइल तथा अन्य देशमाथिका आक्रमण बन्द गर्नुपर्छ।’
अगाडि भनिएको छ, ‘इरान अब परमाणु हतियार, मिसाइल वा आतंकको खतरा नबनोस् भन्ने सुनिश्चित गर्न अमेरिकाले गरिरहेको प्रयासलाई इसराइलले समर्थन गर्दछ। यो खतरा न अमेरिका, न इसराइल, न इरानका अरब छिमेकीहरूका लागि, न त विश्वकै लागि स्वीकार्य छ।’
आगामी वार्तामा अमेरिका यी लक्ष्यहरू आफू र क्षेत्रीय साझेदारसँग साझा गर्ने वक्तव्यमा उल्लेख छ।
अमेरिका र इरानबीच औपचारिक वार्ता १० अप्रिलमा इस्लामावादमा मा सुरु हुने जनाइएको छ।












