काठमाडौं । सालपा विकास बैंकले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्रीपछि दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुलाएको हो।
बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। यसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ।
८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो।
न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन माग गर्न सकिनेछ। आवेदन सयम पुस २० सम्म रहेको छ। पर्याप्त आवेदन नपरे पुस ३० सम्म लम्बिनेछ।












