काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा टी– २० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।
आज बिहान मलेसियाविरुद्धको टी– २० सिरिजअन्तर्गतको खेलमा ४८ रन प्रहार गरेसँगै इन्दुले एक हजार रन पूरा गरेकी हुन् । उनको टी– २० आईमा ७७ खेलमा १ हजार ४३ रन पुगेको छ ।
त्यस्तै, सीता रानामगर र रुविना क्षेत्री नजिक पुगेका छन् । रानामगरले ९६५ र क्षेत्रीले ९३६ रन बनाएका छन् ।












