Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा काठमाडौंको ¥याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो ।

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदा लगायत नेपाल, भारत, युके लगायत देशबाट सहभागिता जनाएका अतिथीजनलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिएकी थिइन् ।

Subisu

प्रतिनिधि सभाका उप–सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरुका साथै करिब सात सय भन्दा बढी दर्शकहरुको उपस्थिति रह्यो ।

कला साहित्य र सँस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब ४ दर्जन बढि प्रतिष्ठित व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढी व्यक्तित्वहरुले अवार्ड प्राप्त गरे ।

नेपालका चर्चित कलाकारहरु गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुती रहेको समारोहमा भारतिय कत्थक डान्सरहरुको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरुले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शो समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथी उपसभामुख रानाले यस्ता कार्यक्रमहरुबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुबै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइन् । यसरी दुई छिमेकी मुलुकको सँस्कृतीक सम्बद्र्धनको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवाद समेत दिइन् ।

यस्तै उक्त समारोहमा वलिउड अभिनेत्री जय प्रदालाई भब्य सम्मान समेत गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेश कुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गरेका थिए । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोश्रो घर भएको र यसरी नेपालीको माया पाउदा आफु निकै हर्षित भएको भन्दै खुसी समेत व्यक्त गरिन् ।

यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतलाई आफ्नो तर्फबाट सम्मान गरिन् ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी,अभिनेत्रीत्रय बसुन्धारा भुषाल,चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी,राजाराम पौडेल,देविका बन्दना, राजु सिंह,नारायण प्रधानका साथै अभिनेता सरोज खनाल,संगीतकार शम्भुजित बासकोटा,प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाल,नेपाली सेनाका सहायक रथि राजन अधिकारी, लोकप्रिय भारतिय गुगल आन्टि ७९,प्रिमिला हिंगोरोनी,युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतिय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यबसायी एवं सामाजिक अभियान्ता डा.अनुप शर्मा भारतिय चर्चित डान्सर हिमांशु द्धिवेदी टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा.अर्पणा शाह, चेम्बरका पदाधिकारीहरु,पर्यटनविद,संस्कृतिविद,लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेत्री जय प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिएकी थिइन् । उनको नृत्यमा उपस्थित दर्शकहरुले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए ।

संचारकर्मी दिनेश डिसीले संचालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाईनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईटेल लगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताए ।

अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि २ दिने नेपाल भ्रमणमा आएकी थिइन् भने उनीहित भारतबाट करिब ४ दर्जन बढी व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host