Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

अपांगता समावेशी र उत्तरदायी बजेट ल्याउन माग

अपांगता समावेशी  र उत्तरदायी बजेट ल्याउन माग

काठमाडौं । सरकारले प्रत्येक वर्षको जेठ १५ गते ल्याउने बजेट अपांगतामैत्री हुन नसकेको भन्दै अपांगताका क्षेत्रका सरोकारवालाहरूले उत्तरदायी र समावेशी बजेट ल्याउन माग गरेका छन् ।

अपांगता अधिकार कोष (डिआरएफ)को सहयोगमा राष्ट्रिय अपांग महासंघ, कोशीश,एफडब्लु डिएन,एसडिबीपी, एनएएसएलआइ नेपाल, एसिएनएस, एआइडिएन लगायत संघसंस्थाको संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीले स्थायित्व र अपांगमैत्री बजेट निर्माणको माग गरे ।

Subisu

कार्यक्रममा व्यवस्थापिका संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले आगामी दिनमा सरकारकाले ल्याउने बजेट अपांगमैत्री ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले प्रि–बजेटमाथिको दफावार छलफलकै क्रममा अपांगता भएका दुई जना विज्ञहरूलाई सहभागी गराएर सुझाव दिइने बताए ।

सभापति चालिसेले अपांगताको क्षेत्रमा विशेष बजेटको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए । राज्यले अपांगता भएका व्यक्तिहरूका लागि न्यानोपन दिन सक्नुपर्नेमा उनको जोड थियो ।

राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदक्त जोशीले अपांगता भएका व्यक्तिहरूले अबका दिनमा स्वरोजगारतिर ध्यान दिनुपर्ने बताए । उनले अपांगताका क्षेत्रमा तीन तहका सरकार बीचमा संयन्त्र बनाएरै काम गर्न आवश्यक रहेको बताए । अपांगता भएका वर्गका लागि नीतिगत तहमै सुधारको खाँचो रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभाका पूर्वसांसद प्रकाश पन्तले अपांगता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले पछिल्लो समय अपांगता भएका व्यक्तिहरूको अभियान ‘प्रोजेट’मा अलमलिएको भन्दै पैसा नभए पनि थुप्रै काम गर्न सकिने बताए ।

डिआरएफका कार्यक्रम अधिकृत कृष्ण सुनारले प्रत्येक वर्ष सरकारले अपांगताका क्षेत्रमा छुट्याएको बजेटका विषयमा व्यवस्थित रूपमा समीक्षा हुन नसकेको बताए । उनले सरकारले ल्याउने बजेट अपांगता उत्तरदायी, समावेशी र सीआरपीडीलाई टेकेर ल्याउन नसकेको बताए ।

यस्तै कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी शाखा अधिकृत प्रेम कुमारी पौडेलले मन्त्रालयले अपांगता भएका व्यक्तिहरूको शिक्षाको क्षेत्रमा काम गरिरहेको बताइन् । उनले बजेटको विषय अर्थमन्त्रालयसँग जोडिएको भन्दै मन्त्रालयले अपांगताका क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गरिरहेको बताइन् ।

कार्यक्रममा कोशिशकी शर्मिला पराजुलीले ‘नेपालको अपांगता उत्तरदायी बजेट २०८०/०८१’को अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै सरकारले अपांगता समुदायका लागि विनियोजन गरेको बजेट अपर्याप्त र असमानुपातिक तथा अन्ययपूर्ण रहेको बताइन् ।
कार्यक्रमकी सभापति राष्ट्रिय अपांग महासंघकी वरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेले अपांगमैत्री बजेट ल्याउन लविङसँग छोड्न नहुने बताइन् । कार्यक्रममा सहभागीहरूले अपांगताका लागि छुट्याइएको बजेटमा सबैभन्दा बढी पहुँच कसको छ भन्ने विषयमा पनि अध्ययनको खाँचो रहेकोमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host