काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यादेशको विरोध गरेको छ । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश ल्याउनु ठीक भएपनि ल्याउने तरिका गलत भएको बताए ।
उनले भने, “अध्यादेश ल्याउनुपर्छ कानून, संविधानमा उल्लेख छ । तर, तरिका गलत भयो । समितिमा छलफल गर्ने समय थियो ।”
पाण्डेले आफूले यसबारे अस्वीकारको सूचना दर्ता गर्ने बताउँदै पार्टी यसको विरोध गर्ने बताए ।












