काठमाडौं । हाल देशमा पश्चिमीसँगै स्थानीय वायूकोसमेत आंशिक प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मोसम आंशिकदेखि साधरणतया बदली रहने अनुमान विभागले गरेको छ।
देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।
कोसी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षा तथा हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसको असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।












