काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्क विहीन भएको पाइएको छ ।
हेलिकोप्टरमा ५ जना सवार रहेका थिए । दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चिनियाँ पर्यटक जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सीसहित क्याप्टेन अरुण मल्ल रहेका छन् ।
काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।












