Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

पर्यटनमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनास्थल निरीक्षण(तस्बिरहरु)

पर्यटनमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनास्थल निरीक्षण(तस्बिरहरु)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् ।

Subisu

बिहीबार बिहान मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्य चौर पुगेर हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका हुन् ।

मन्त्री पाण्डे बुधबारै दुर्घटना स्थलमा जाने तयारीमा थिए । तर, हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएकाले सम्भव नभएको उनको सचिवालयले जनाएको छ ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नागरिक गरी पाँच जनाको मृत्यु भएको थियो । उनीहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पोस्टमार्टम गर्ने तयारी भएको छ ।

यस्तै मन्त्री पाण्डेले कुनैपनि प्रकारका प्राकृतिक विपत्तीका बेला उद्धार र राहतमा सहज र भरपर्दो माध्यम मानिएको हेलिकप्टर दुर्घटना हुनु थप चुनौतीको विषय बनेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको २३ दिनको अवधिमै भएका यी दुई हवाई दुर्घटनाले मेरो कार्य प्राथमिकतालाई हवाई सुरक्षामा अधिकतम् गम्भिरताका साथ केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको मैले ठानेको छु ।’

हेर्नुहोस् स्टाटस

वर्षाको मौसम शुरु भएसँगै बाढी पहिरो र सडक दुर्घटनाबाट मुलुक आहत भईरहेका बेला यही साउन ९ सौर्य एयरको विमान र साउन २३ (बुधबार) एयर डाइनेष्टिको हेकिकप्टर दुर्घटनाले हामीलाई थप मर्माहत बनाएको छ ।
कुनैपनि प्रकारका प्राकृतिक विपत्तीका बेला उद्धार र राहतमा सहज र भरपर्दो माध्यम मानिएको हेलिकप्टर दुर्घटना हुनु हाम्रा लागि थप चुनौतीको विषय बनेको छ ।
मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको २३ दिनको अवधिमै भएका यी दुई हवाई दुर्घटनाले मेरो कार्य प्राथमिकतालाई हवाई सुरक्षामा अधिकतम् गम्भिरताका साथ केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको मैले ठानेको छु ।
बुधबार दिउँसो हेलिकप्टर दुर्घटना भएको खबर पाउना साथ उद्धार र खोजमा तीब्रता दिन सम्बन्धित निकायहरुसँग निकट रहेर समन्वयमा जुटेको थिएँ ।
दुर्घटना स्थलमा म आफै पुगेर उद्धार र खोजमा समन्वय गर्ने तयारी गरी रहँदा यही दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को अकास्मिक बैठक बस्नु पर्ने भएकाले विभागीय मन्त्रीका हैसियतले बैठकमा सहभागी हुनु परेको हुँदा घटनास्थलमा पुग्न संभव भएन । विहीबार विहानै म मन्त्रालयका सचिव,क्यानका पदाधिकारी र नुवाकोटका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा निकायका प्रमुखसहित घटनास्थल पुगेर वस्तुस्थिति जानकारी लिएकाका थियौं।
मन्त्री परिषदको बैठक सकिए पछि बुधबार साँझ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूसँग करीब डेढ घण्टा हवाई सुरक्षाको सुनिश्चितताका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका विषयमा गम्भीर छलफल भयो । प्रधानमन्त्री ज्यूले यो विषयलाई गम्भीरता पूर्वक लिँदै नीतिगत तथा संरचनागत सुधारका सबै उपाय अपनाउन निर्देशन दिनु भएको छ । साथै बुधबार मध्यरातसम्म मन्त्रालयमा बसेर यस विषयमा गम्भीर छलफलमा जुटेका थियौं ।
हवाई सुरक्षाका विषयमा अधिकतम् लचकता अपनाउनेदेखि आवश्यक पर्दा कठोर निर्णय लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पछि नपर्ने कुरामा म यहाँहरुलाई आश्वस्त बनाउन चहान्छु ।
साथै म सबै हवाई सेवा प्रदायक कम्पनी तथा विमान चालक तथा प्राविधिक जनशक्तिलाई हवाई सुरक्षाका लागि आफूले अपनाउनु पर्ने वा पालना गर्नु पर्ने विषयलाई पुनः गम्भीरतापूर्वक समीक्षा गर्न र हवाई सुरक्षाका विषयमा कुनै पनि सम्झौता नगर्न, सजग, सचेत र जिम्मेवार हुन आग्रह गर्दछु ।
यस्तै मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीलाई पनि आजैबाट हवाई सुरक्षाका विषयमा कुनै सम्झौता नगरी सेवा प्रदायकहरुसँग निकट रहेर काम गर्न र यस विषयमा भए गरेका कामको दैनिक रुपमा मन्त्रालयमा रिपोटिङ गर्न निर्देशन दिइसकेको छु ।
मैले पनि एक हप्ताका लागि आफ्ना पूर्व निर्धारित सबै सार्वजनिक कार्यक्रम स्थगित तथा जरुरी बाहेकका भेटघाटको कामलाई बन्द गरी मन्त्रालयको सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा छलफल, समन्वय र अल्पकालीन तथा दीर्घकालीन उपायको कार्यन्वयनमा केन्द्रित गर्ने निर्णय गरेको छु । यस विषयमा सुभेच्छुक मित्रहरुबाट सहयोगको अपेक्षा गरेको छु ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनु भएका चालक तथा विदेशी पर्यटकको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चहान्छु ।
नेपालमा हावाई सुरक्षाका विषयमा संरचनागत तथा नीतिगत सुधारका लागि तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामको विषयमा यहाँका विचार सुझावहरु हाम्रो मन्त्रालयको इमेल minister@tourism.gov.np मा आफ्नो सम्पर्क नम्बर सहित पठाइ सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host