काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले विभिन्न संघसंस्थाको साझेदारी एवं प्राविधिक सहयोगमा गाईजात्रा पर्वका अवसरमा काठमाडौंको मुटु हनुमान ढोका परिषरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबको मुख्य आयोजना, इनरहिवल क्लब अफ न्यूरोड सिटी, रोट्रयाक्ट क्लब अफ न्यूरोड सिटी, इन्ट्रयाक्ट क्लब अफ न्यूरोड सिटीको सह-आयोजना तथा शर्दुल जंग गुल्म हनुमानढोका, चिरायू अस्पताल, लभ्ली सेभिङ एण्ड क्रेडिट लिमिटेड तथा नेपाल रेडक्रस सोसाइटी सहयोगमा रक्तदानका अतिरिक्त नि:शुल्क पिउने पानी वितरण र नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम समेत सम्पन्न भएको हो ।

गाईजात्राका अवसरमा विशेष रुपमा त्यहाँ बिहानैदेखि नागरिकको चहलपहल रहेको थियो । यसै सन्दर्भमा रोटरी क्लब अफ न्यूरोड सिटीले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा एकसय भन्दा बढी नागरिकले रक्तदानमा भाग लिएका थिए भने २०० भन्दा बढी नागरिकको नि:शुल्क स्वास्थ्य जाँच तथा काउन्सिलिङ गरिएको क्लबका अधिकारीले बताएका छन् ।

कार्यक्रममा रोटरी क्लब, इनवरहिवल, रोट्रयाक्ट, इन्ट्रयाक्ट, साझेदार तथा सहयोगी संस्थाका अधिकारीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ न्यूरोड सिटीकी अध्यक्ष सुनिता रिजालले क्लबका रोटरियनदेखि सहआयोजक. अन्य सहयोगी संस्थाप्रति आभार प्रकट गरेकी छन् ।













