सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार बिहान घरायसी जग्गा विवादका क्रममा छोराले बाबुलाई छुरा प्रहार गरेका थिए। मृतकका छोरा मोहम्मद रियाज अंसारीले आफ्ना बुवाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले घटनापछि मोहम्मद रियाजलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए।












