वीरगन्ज । पर्सा जिल्लामा हैजाको संक्रमण तीव्र बनेको छ। बुधबार मात्रै १०६ नयाँ संक्रमित थपिएपछि जिल्लामा दर्ता भएका संक्रमितको संख्या ५२८ पुगेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ।
समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आईसीयूमा, ४ जना एचडीयूमा र २३२ जना जनरल वार्डमा छन्।
हाल नारायणी अस्पतालमा १५८, वीरगन्ज हेल्थ केयरमा २४, तराई हस्पिटलमा ४२, नेशनल मेडिकल कलेजमा १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ अस्पतालमा ४÷४, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार भइरहेको छ।
संक्रमण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान सञ्चालन गरेको छ।












