काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले विगतमा मन्त्रीहरूले बोलेर मात्र मुलुक बिगारेको भन्दै अब आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।
गुप्ताले भने, “युवाहरूका माग र आवाजलाई कार्यान्वयनतर्फ लैजाने छौँ। पहिले काम गर्छौं, त्यसपछि मात्र बोल्नेछौं। हामीसँग समय र स्रोत सीमित छन्, त्यसैले गफ होइन, काममै ध्यान दिनेछौं।”
पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालसहितका उच्च अधिकारीहरूले उनलाई स्वागत गरेका थिए।












