रुपन्देही । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। महिलाहरुको चाड हरितालिको अवसर पारेर समाजले तीज मिलन तथा छैठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको हो।
अधिवेशन उद्घाटन गर्दे लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री पन्थीले गाउँबाट विभिन्न पेसा व्यवसाय गर्न सहरमा बस्नेले गाउँमा आफुले सिकेको सीप लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गर्न सुझाव दिए ।
उनले आफ्नो जन्म भूमिप्रति माया गरेर त्यस ठाउँबाट पलाएन हुने जनशक्तिलाई गाउँमै रोजगारी दिएर बस्ने वातावरण बनाउनुपर्ने बताए । उनले परम्परागत शैलिमा सञ्चालन भएको हाम्रा संस्कृतिहरूलाई पश्चिमेली संस्कृतितर्फ नढाल्न आग्रह गरे । मन्त्री पन्थीले अधिवेशन भएको हुँदा सर्वसम्मत तरिकाले काम गर्न सक्नेलाई नेतृत्व हस्तान्तरण गर्न समेत सुझाव दिए ।
अधिवेशनमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुबरले आफ्नो जन्मथलोलाई उचाइमा पुर्याउन सम्पर्क समाजको महत्वपूर्ण भुमिका रहने बताए । आफुहरु सम्पर्क समाजसँग सहकार्य गरेर विकास तथा अन्य काममा अघि बढने उनले बताए ।
कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, वडा नं ७ का वडा अध्यक्ष सन्तोष केसी, नेपाल कर्मचारी युनियनका केन्द्रीय सदस्य नविन पन्थी सम्पर्क समाजका सल्लाहकार भोजबहादुर केसी, गुल्मी मदाने सम्पर्क समाजका अध्यक्ष अर्जुन कुबँर लगायतले बोल्दै आफ्नो गाउँ समाजको विकासका लागि सबै सधँ हातेमालो गर्नुपर्ने बताए ।
सम्पर्क समाजका अध्यक्ष लोकनाथ पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भोजराज जिसीले गरेका थिए भने रुपन्देही सम्पर्क समाजका सल्लाहकार बुद्धि पराजुलीले बताए । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा बिष्णु प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा सावित्रा देवी पन्थी, प्रथम उपाध्यक्षमा बिष्णु हरि पन्थी, द्धितीय उपाध्यक्षमा भोजराज जिसी, तृतीय उपाध्यक्ष प्रकाश पन्थी, महासचिवमा पदम जिसी, सचिवमा चिन्तामणि पन्थी, कोषाध्यक्षमा मीनराज पन्थी, सहकोषाध्यक्षमा कमला केसी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा गोपाल भण्डारी, मिन प्रसाद पौडेल,जगत चन्द तुल्सीराम पन्थी कमल पन्थी, मिलन पन्थी, कमला पौडेल, नारायण प्रसाद पौडेल, टंक पन्थी र झबिन्द्र पन्थी रहेको निर्वाचन समितिका सदस्य भोजबहादुर केसीले बताए ।












