काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी नियमावली, २०७१ को उपनियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई एआइजी पदका लागि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।