काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् ।
बुधबार शपथग्रहणलगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्न राष्ट्र बैंक पुगेका गभर्नर पौडेललाई राष्ट्र बैंकका कमर्चारीहरूले स्वागत गरेका थिए । त्यसअघि गभर्नर पौडेलले सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
पहिलो निर्णय-५ सय र हजार दरका नयाँ नोट छाप्ने
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यभार सम्हाल्दै नयाँ नोट छाप्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। कार्यभार सुरु गरेका उनले ५ सय र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे।
सो क्रममा मौद्रिक नीति र सरकारको वित्त नीतिबीच समन्वय हुने बताउँदै उनले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले सघाउने प्रतिबद्धता जनाए।












