भैरहवा । भैरहवाको होटेल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यराति गोली चलेको छ। गोली लागेर होटेलका सुरक्षा गार्ड सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार, होटेलको गेट अगाडि केही व्यक्तिहरूबीच विवाद भएपछि एउटा समूह होटेलभित्र प्रवेश गर्न खोज्दा सुरक्षा गार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले गोली प्रहार गरेको हो।
गोली लाग्दा बुटवल उपमहानगरपालिका–१५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका थिए। उनलाई भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।












