काठमाडौं । आज सुनको मूल्य प्रति तोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।
आजको दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।













