काठमाडौं । सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासी कर हटाउन माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ । यसअघि न्यू रोड, लगनखेल, असन, चाबहिल लगायतका भित्री स्थानमा मात्र सीमित आन्दोलन शुक्रबार राजधानीको प्रमुख सार्वजनिक प्रदर्शनस्थल माइतीघर मण्डलामा केन्द्रित भएको हो ।
सुनचाँदी व्यवसायीहरू प्लेकार्डसहित माइतीघरमा भेला भएका थिए। उनीहरूले ‘व्यापार चल्न दे, कर हटाऊ’, ‘हाम्रो श्रमको मूल्य दे’, ‘विलासी कर होइन, न्याय चाहिन्छ’ भन्ने नारासमेत लगाएका थिए।
र्याली माइतीघरबाट सुरु भएर नयाँ बानेश्वरमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा भइरहेको आन्दोलनले सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुनचाँदीमा लगाइएको अतिरिक्त करप्रति असन्तुष्टि जनाएको हो।
तस्बिरमा हेर्नुहोस्


















