काठमाडौं । सुनचाँदीकै मूल्य घटेको छ। शुक्रबारको तुलनामा आज (आइतबार) सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
मूल्य घटेर आज सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य १ लाख ६६ हजार पाँचसय रुपैयाँ थियो।
गएको बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्य आज प्रतितोला एक हजार नौ सय ६० रुपैयाँ कायम भएको समितिले जनाएको छ। शुक्रबार चाँदीको मूल्य १ हजार ९८० रुपैयाँ थियो।












