काठमाडौं। अघिल्लो दिन सामान्य बढेको सुनको मूल्य शुक्रबार नेपाली बजारमा ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको तोलामा एकैदिन ५ हजार ८ सय रुपैयाँको ठूलो गिरावट आएको हो।
यस गिरावटसँगै शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तोलामा ३ सय रुपैयाँ बढ्दै सुन २ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। बिहीबार तोलामा ४ हजार ५ सय ५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज १ सय ५५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३१ अमेरिकी डलर आसपास कारोबार भइरहेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो।












