काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ। सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार आठ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।











