काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार २ सय र चाँदी १८५ रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ। सुन मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेको थियो।
चाँदी बुधबार प्रतितोला पाँच हजार एक सय ५० कारोबार भइरहेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको थियो।












