काठमाडौं। नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला २ हजार ८ सयले घटेर ३ लाख १४ हजार २०० मा किनबेच भएको थियो।
आइतबार चाँदीको भाउ पनि पनि २२५ रुपैयाँले घटेको छ। चाँदी आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार प्रतितोला ५ हजार ४९५ रूपैयाँमा कारोबार भएको थियो।












