काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ। छापावाला सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १७ हजारमा कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य सोमबार तोलामा ३७ सय घटेर तीन लाख १३ हजार २ सयमा झरेको थियो। आइतबार सुनको भाउ तोलामा ३५ सय बढेको थियो भने गएको शुक्रबार ४२ सय रुपैयाँ घटेर थियो।
मंगलबार चाँदीको भाउ पनि तोलामा ३ सय १० रुपैयाँले बढेको छ। चाँदी तोलाको पाँच हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।












