काठमाडौं। नेपाली बजारमा सुनको भाउ बुधबार तोलामा ११ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन मंगलबार प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ५ हजार १५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको भाउ पनि २७५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ५४० रूपैयाँमा कारोबार भइरहेको छ।












