काठमाडौं। साताको पहिलो दिन आइतबार आज नेपाली बजारमा सुनको भाउ तोलामा ५६ सय रुपैयाले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको थियो।
त्यस्तै, आइतबार चाँदीको भाउ पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ।












