काठमाडौं । गत शुक्रबारदेखि लगातार घटिरहेको सुनको भाउ आज सोमबार पनि घटेको छ। तीन दिनदेखि घटिरहेको मूल्य आज प्रतितोला १३ हजार ४ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। नेपाली बजारमा गत बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो।
पछिल्लो चार दिनको तथ्याङ्क हेर्दा सुनको मूल्य अस्वाभाविक रूपले घटेको देखिन्छ।












