काठमाडौं । सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५ सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
सोमबार एक तोला सुनको मूल्य २ लाख ७४ हजार ७०० पुगेको थियो। सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ५ हजार ३४० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सोमबार प्रतितोला चाँदी ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।











