काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४१ सय रुपैयाँले वृद्धि भएको छ। यससँगै छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २०५ रुपैयाँले बढ्दै आज ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा किनबेच भएको थियो।












