काठमाडौं । सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा ७,९०० रुपैयाँले घटेर २,६२,१०० रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुन तोलामा २,७०,००० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर ४,५९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४,८९५ रुपैयाँमा कारोबार भएको थियो।












