काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २ हजार ४ सयले बढेको हो ।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी १ हजार ९ सय ६० मा कारोबार भएको थियो ।
नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ८ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।