धनगढी । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई ७ लाख ३१ हजार रुपैयाँ घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो।
यादवविरुद्ध कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनमा घाटगड्डी गरिएको काठको बिमर्का र छोडपुर्जी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा निगरानीमा राखिएको यादवलाई सोमबार दिउँसो अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेपछि अख्तियारले उनीमाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।












