Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

एउटा कर्मचारीले जागिर छोडेपछि रोकिएको घण्टाघरको त्यो सूई

एउटा कर्मचारीले जागिर छोडेपछि रोकिएको घण्टाघरको त्यो सूई

रानीपोखरी छेवैको घण्टाघर त हामी धेरैले देखेकै छौं । त्रिचन्द्र क्याम्पस अगाडि उभिरहेको घण्टाघरको घडीको अवस्था कस्तो छ ? भनेर हामीलाई खासै चासो छैन, वा धेरैलाई जानकारी पनि छैन । चासो होस् पनि किन ?, खल्तीखल्तीमा हुने मोबाइल फोनले समय दिइरहेको छ भने व्यस्त मानिसहरु आँखा तन्काएर किन हेरुन्, घण्टाघरको घडी चलिरहेको छ कि छैन भनेर ? हरेक बिहान ट्याङ ट्याङ घण्टी बजाएर राजधानी सहरलाई ब्युँझाउने यही घण्टाघरको अचेल आफ्नै खराब समय चलिरहेको छ ।

खराब समय अर्थात् घण्टाघरको दुर्दशा । हरेक दिन हजारौं मानिसहरु रत्नपार्क छेउछाउ भएर कुँदिरहेका हुन्छन् । तर धेरैलाई हेक्का छैन कि, घण्टाघरको घडी ट्याङ–ट्याङ गर्न छोडेको त ३ वर्ष भइसक्यो । र यो ऐतिहासिक धरोहर अहिले आफ्नै अस्तित्व मेटिँदै गरेको दृश्यको साक्षी बनिरहेको छ ।

Subisu

घण्टाघर कसरी यस्तो हालतमा आइपुग्यो भनेर थाहा पाउन त्यहाँका एकजना पूर्वकर्मचारीको जागिरे आरोह अवरोह र तत्कालीन अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ । जो ३६ वर्षसम्म घण्टाघरको घडीलाई दम दिएर बसिरहे । घण्टाघरको समय मिलाउन टावर चढ्ने र ओर्लने गर्दा नै हजारौं घण्टाहरु बितिसकेको उनलाई मेसो भएन । तीनै कर्मचारीको करिअरसँगै एउटा ऐतिहासिक धरोहरले लामो यात्रा गरिरह्यो ।

२०४४ सालमा नेपालले काठमाडौंमा तेस्रो सार्क शिखर सम्मेलनको आयोजना गर्दै थियो । शिखर सम्मेलनमा थुप्रै विदेशीहरु र दातृ निकायका प्रतिनिधिहरु आउँदै थिए । तर त्यसबेला घण्टाघर आगलागीका कारण बन्द थियो । तत्कालीन सरकारलाई भने विदेशी पाहुनाहरुको अगाडि घडी नचल्ने घण्टाघर देखाउनु राष्ट्रिय लज्जाकै कुरा थियो ।

फलस्वरुप सार्क शिखर सम्मेलनको तयारी गरिरहँदा पञ्चायत सरकारले घण्टाघरको घडी चलाउन जान्ने कर्मचारीको खोजी गर्यो । धेरै प्रयत्न गर्दा पनि घडी चलाउन जान्ने र टावरमा उक्लिएर दम दिने सीप भएको प्राविधिक भेट्न मुस्किल नै भयो । त्यसो त शिखर सम्मेलनको आयोजना गर्न केही दिन मात्रै बाँकी थियो ।

सरकारबाट कर्मचारी खोजी भइरहेको समयमा भेटिएका थिए गणेश सापकोटा । उनलाई नै छनोट गर्नुको कारण के थियो भने, घण्टाघरमा आगलागी भइरहँदा सापकोटाले आगो निभाउने काममा विशेष भूमिका निभाएका थिए ।

यसरी सार्क शिखर सम्मेलन हुनुभन्दा केही दिनअघि मात्रै गणेश सापकोटालाई त्रिचन्द्र क्याम्पसमा बोलाएर भनियो, ‘सरकारले सार्क शिखर सम्मेलन गर्दैछ, विदेशीहरुको अगाडि घण्टाघरको घडी बन्द हुनुहुँदैन । त्यसैले तिमीले यो घडी चलाइदिनुपर्यो ।’

सापकोटा भने घडी बनाउने एक सामान्य प्राविधिक मात्रै थिए । उनलाई हातमा लगाउने घडी मात्रै बनाउन आउँथ्यो । तर घण्टाघरको घडी कसरी चलाउने थाहा थिएन । त्यसबीचमा उनले पुराना कर्मचारी र केही जानकारहरुलाई भेटेर घन्टाघरको घडीबारे प्राविधिक ज्ञान लिए ।

अन्ततः सापकोटालाई सरकारले घण्टाघर अपरेटरको रुपमा नियुक्त गर्यो । सापकोटालाई भने शिखर सम्मेलनमा जसरी पनि घडी चलाउनैपर्ने बाध्यता थियो । त्यसबेला दिइएको जिम्मेवारी उनले पूरा पनि गरे । यसरी घण्टाघरमा सुरू भयो सापकोटाको जागिर । काठमाडौंको उत्तरी काठ क्षेत्र फुटुङका बासिन्दा सापकोटाको ड्युटी पनि त्यस्तै अप्ठेरो थियो । टावरको घडी चलेको छ कि छैन भनेर दिउँसो मात्रै हैन, राति पनि ख्याल गरिरहनुपथ्र्यो ।

जतिबेला पनि घडी बन्द हुनसक्ने र दम दिइरहनुपर्ने भएकाले घण्टाघर नजिकै बस्नुपर्ने बाध्यता थियो उनलाई । यसैले उनी घण्टाघरबाट ७०० मिटर टाढा खिचापोखरीको एउटा साततले घरको सातौं तलामा बस्न थाले । ताकि घडी बन्द भयो भने दौडिँदै जान पाइयोस् ।
सापकोटाले आफ्नो ३ दशक लामो करिअरमा बिरलै मात्र घण्टाघरको सूई बन्द हुन दिएका थिए । सुई बन्द भएका दिनहरु गणना गर्दा १ देखि २ महिनासम्म । ७२ सालको भूकम्पको बेलामा २ साताजति बन्द भएको सम्झन्छन् सापकोटा । यस्तै सापकोटा बाआमाको काजकिरियामा बसेको बेला २ साताजति ।

घण्टाघरको इतिहास र ऐतिहासिकता

एउटा पाटोबाट सोच्ने हो भने यस्तो लाग्छ कि, अचेल हरेक मानिसको खल्ती खल्तीमा मोबाइल हुन्छ । हातमा घडी हुन्छ ।
कति बज्यो भनेर समय थाहा पाउन घण्टाघरको सूई हेरेर बस्ने को पो होला ?

तर ऐतिहासिक धरोहरको मानकका रुपमा स्थापित घण्टाघर शुद्ध समय देखाउन मात्रै हैन । ९० वर्ष पुरानो यो स्तम्भमा हल्लिरहेको पेन्डुलमले नेपालको शासन व्यवस्था र राजनीतिक इतिहासलाई पनि देखाउँछ ।

तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले बेलायत भ्रमणको क्रममा लन्डनबाट चारवटा ठूला घडीहरु ल्याए । आफ्ना चारवटा छोराका लागि उनले ती घडी ल्याएको बताइन्छ ।

घडी त ल्याए तर तीनलाई व्यवस्थित रुपमा झुन्ड्याउने ठाउँ थिएन । दरबारभित्रै लामो समय राखिरहँदा घडीको उपयोगिता पनि नहुने बिग्रिने पनि डर भएकालेपछि उनले चारैवटा घडीलाई एउटा स्तम्भ बनाएर त्यसको चार पाटामा चारवटा घडी राखिदिने विचार गरे ।
यसो गर्दा आमजनताले पनि समय हेर्न पाउने र आफ्नो नामको स्तम्भ पनि ठडिने वीर शमशेरको सोच थियो ।

त्यसो त, नेपालकै घण्टाघर जस्ता घडीका टावर अर्थात् क्लक टावरहरु बेलायत, फ्रान्स लगायत विकसित देशहरुमा पहिले नै प्रचलनमा थियो । वीर शमशेरले स्थापना गरेको घण्टाघर खासमा बेलायत मोडेलको क्लक टावरकै नयाँ शिलशिला थियो । त्यसबेला आम मानिसहरुसँग घडी हुँदैनथ्यो । समय हेर्नका लागि घाम र छायाको अन्दाज लगाउनुपर्ने अवस्था थियो ।

धेरै पछिसम्म हाम्रा हजुरबा हजुरआमाहरु पनि घाम डुब्न लागेको, घाम उदाउँदै गरेको र ओझेल परिरहेको नियालेर ठ्याक्कै समय पत्ता लगाउने गर्थे । त्यस्तो समयमा आम मानिसहरु भेला भइरहने चोक चौरको छेउमै वीर शमशेरले १८३४ मा घण्टाघर ठड्याएका थिए ।
वीर शमशेरको शोख र जनमुखी योजनाको रुपमा घन्टाघर राजधानीमा ठडिएको थियो ।

किनकी त्यसबेलाको समयमा समय हेर्न यो अपरिहार्य जस्तै थियो । त्यसो त, ९० सालको भूकम्पले घण्टाघर भत्काएर क्षतविक्षत बनाएको थियो । पछि वीर शमशेरका सन्तति तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले यसलाई पुनर्निर्माण गरे । राणा शासकहरु र पछि

पञ्चायतकालसम्म पनि घण्टाघर घण्टाघर सञ्चालनका लागि विशेष महत्व दिएका थिए । जस्तो कि, पञ्चायतकालसम्म पनि घण्टाघर संचालन गर्न सात जना कर्मचारी खटाइएका थिए । तर अचेल, राणाकालीन संग्रहालयका प्राचीन महत्वका तर अस्थिपन्जर मात्रै बाँकी रहेका थोत्रा सामग्री जस्तै बनेको छ घण्टाघर ।

उदेकलाग्दो त के छ भने, गणेश सापकोटा एक्लैले ३६ वर्षसम्म एउटै पद र एउटै कार्य क्षेत्रमा बसेर काम गरे । जब उनी उमेरहदका कारण सेवा निवृत्त भए, त्यसपछि घण्टाघरको पनि सूई बन्द भयो । सापकोटाको अवकाशपछि घण्टाघर सञ्चालन गर्न अर्को कर्मचारी आवश्यक पर्छ भन्नेबारे सरकारले ३६ वर्षसम्म पनि ध्यान दिएन ।

यतिसम्म कि, विशिष्ठ परिस्थितिमा जागिर खाएका सापकोटाकै पदमा नयाँ दरबन्दी नै छैन । घण्टाघर सञ्चालन गर्ने जिम्मा पाएको त्रिचन्द्र क्याम्पस प्रशासनसँग हामीले यसबारे सोधेका थियौं । क्याम्पस प्रमुख नीलिमा प्रधानका अनुसार नेपाल सरकारको सडक विभागले २ वर्षयता घण्टाघरको पुनर्निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।

तर स्थलगत अवस्था हेर्दा घण्टाघरमा पुनर्निर्माणको काम भइरहेको छैन । क्याम्पस प्रमुख प्रधानका अनुसार गत मंसिरसम्म पुनर्निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता थियो । तर क्याम्पस प्रमुख प्रधान भन्छिन्, सडक विभागका ठेकेदार नै सम्पर्कमा छैनन् । घण्टाघरको दुर्दशाबारे केही रिपोर्ट सार्वजनिक हुन थालेपछि काठमाडौं महानगरपालिकाले पनि यसबारे चासो देखाएको थियो ।

महानगरका मेयर बालेन साहले आफ्ना कर्मचारी र सहयोगीमार्फत अपरेटर गणेश सापकोटालाई बोलाएर घण्टाघर सञ्चालनबारे प्राविधिक जटिलता र तालिम सम्बन्धी चासो राखेका थिए । सापकोटा भन्छन्, ‘उहाँले चासो राख्नुभएको थियो । यदि घन्टाघर चल्यो भने मलाई तालिम दिनका लागि आग्रह गर्नुभएको थियो । म यसका लागि तयार छु ।’

महानगरका मेयर बालेन साह पनि यदि सरकारले घण्टाघर सञ्चालन गर्न नसक्ने भए महानगर यसलाई सञ्चालन गर्न तयार रहेको बताउँछन् । उनले यो कुरा त्रिचन्द्र क्याम्पसलाई पनि भनिसकेका छन् । महानगरका प्रेससहयोगी सुरेन्द्र बजगाईँका अनुसार महानगरले घण्टाघर चलाउने जिम्मा आएको खण्डमा केही महानगर प्रहरीलाई तालिम दिएर नियमित सञ्चालन गर्ने तयारी गरेको छ । तर त्रिचन्द्र क्यापस यसका लागि तयार छैन । आफै सञ्चालन गर्ने बरु सहायता लिने मनशायमा त्रिचन्द्र क्याम्पस छ ।

विरोधाभाष के छ भने, ३ वर्षदेखि ठप्प बनेको घण्टाघर कहिले तयार हुन्छ ? क्यापस प्रशासनलाई थाहा छैन । निर्माण सकिएपछि पनि नयाँ कर्मचारी वा अपरेटर भर्ना प्रक्रियाको कार्यविधिको तयारी पनि हालसम्म भएको छैन ।

पूर्वकर्मचारी सापकोटा भने यदि सरकारलाई आवश्यक परेको खण्डमा आफूले फेरि नयाँ कर्मचारीलाई तालिम सिकाउन तयार रहेको बताउँछन् । यसबीचमा महानगरले घन्टाघर नजिकैको लाइब्रेरी निर्माणका लागि १५ लाख बजेट छुट्याइदिएको छ । त्रिचन्द्र क्याम्पस प्रशासनले भने महानगरले घन्टाघर पुनःनिर्माणका लागि नै बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

जबकी, घण्टाघरको सूई चलाउने काम प्रविधिक रुपमा र शारीरिक रुपमा निकै कठिन काम हुन्छ । घडीलाई दम दिनका लागि अग्लो टावरमा चढेर बेस्सरी खिचेर मेसिन घुमाउनु पर्छ । त्यो पनि एकै जना व्यक्तिलाई निकै मुस्किल गर्ने गरेको सुनाउँछन् सापकोटा । यसरी एकपटक घडीलाई दम दिएपछि एक सातादेखि दुई सातासम्म घडी चलिरहन्छ । र फेरि त्यसैगरी घडीलाई दम दिनुपर्छ । यसरी निरन्तर घडीमा दम दिने काम आफैँमा कठिन र झन्झटिलो पनि हुन्छ ।

प्राविधिक रुपमा भन्दा यो म्यानुअल्ली दम दिएर घडी चलाइरहने निकै पुरानो तरिकालाई फेरेर आधुनिक रुपमा स्वचालित घडी बनाउने कि भन्ने पनि बहस चलेको थियो । तर सम्पदाको रुपमा रहेको ऐतिहासिक धरोहरलाई पुरानै स्वरुपमा चलाउने धेरैको सहमतिछ । यसका बावजुद पछिल्लो समय अस्तव्यस्त बनिरहेको यो धरोहरलाई पुनःसंचालनमा ल्याउन नै मुस्किल भइरहेको छ ।

घण्टाघर सञ्चालनका लागि त्रिचन्द्र क्याम्पस एक्लैले चाहेर पनि सम्भव देखिँदैन । सामान्यतः घन्टाघर स्तम्भ कुनै सीमित सरकारी निकाय वा विभागको मात्रै जिम्मेवारीमा पर्ने विषय हैन । र सरकारी निकायहरु एकले अर्काको मुख ताकेर यसको सञ्चालन पनि सम्भव छैन । यसको कार्यक्षेत्रमा पर्ने त्रिचन्द्र क्याम्पस, काठमाडौं महानगर र पुरातत्व विभाग साथै सहरी विकासको पूर्वाधार निर्माणसमेतले घण्टाघरलाई केन्द्रमा राखेर काम नगरेसम्म यो सञ्चालन सहज छैन ।

अचेल स्थानीय सरकारहरुले करोडौं खर्च गरेर अनेक रुप रंगका घण्टाघरहरु निर्माण गरिरहँदा एउटा ऐतिहासिक सम्पदा बनेको राणाकालीन घण्टाघर भने राजनीतिक खिचातानी र कर्मचारीतन्त्रको सौदाबाजीको सिकार बनिरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host