Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले खाना पकाउने एलपी ग्यासको बजारमा देखिएको अभाव नियन्त्रण गर्न अबदेखि सिलिन्डरमा आधा मात्र ग्यास भरेर वितरण गर्ने निर्णय गरेको छ।

निगमको सञ्चालक समितिको बिहीबार बसेको बैठकले १४.२ केजीको सट्टा ७.१ केजी ग्यास भरेर सिलिन्डर बजारमा पठाउने निर्णय गरेको हो।

Subisu

निगमका अनुसार बजारमा देखिएको कृत्रिम अभाव, उपभोक्ताको अनावश्यक भण्डारण (स्टकिङ) तथा वितरण प्रणालीमा देखिएका समस्यालाई समाधान गर्न यो कदम चालिएको हो। देशभर करिब १ करोड ५० लाख सिलिन्डर रहेको अनुमान गरिए पनि धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमै राख्दा खाली सिलिन्डर बजारमा फिर्ता नआएको र त्यसले वितरण चक्र प्रभावित भएको निगमले जनाएको छ।

निर्णय अनुसार ग्यास उद्योगहरूलाई तुरुन्तै आधा ग्यास भरेर वितरण गर्न निर्देशन दिइएको छ। शुक्रबारदेखि क्रमशः ७.१ केजी ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध हुने निगमले जनाएको छ।

आधा परिमाण भएकाले उपभोक्ताले मूल्य पनि करिब आधा मात्र तिर्नुपर्नेछ। हाल काठमाडौं उपत्यकामा पूर्ण सिलिन्डरको खुद्रा मूल्य करिब १ हजार ९१० रुपैयाँ रहेकामा आधा सिलिन्डरको मूल्य करिब ९५५ रुपैयाँ पर्ने छ।

निगमका अनुसार यो व्यवस्थाले धेरैभन्दा धेरै उपभोक्तासम्म ग्यास पुर्‍याउने, कालोबजारी नियन्त्रण गर्ने तथा घरायसी प्रयोगलाई प्राथमिकता दिने उद्देश्य राखेको छ।

ग्यास अभाव देखिनुका कारणमध्ये उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्नु, अन्तर्राष्ट्रिय बजारमा आपूर्ति शृंखलामा परेको दबाब तथा वितरण प्रणालीमा देखिएको समस्या प्रमुख रहेको निगमको भनाइ छ। हाल निगमले मासिक ४५ देखि ५० हजार टन ग्यास आयात गरिरहेको भए पनि वितरणमा समस्या देखिँदा सर्वसाधारणले अभाव महसुस गरिरहेको बताइएको छ।

काठमाडौं उपत्यकाका विभिन्न डिपोमा लामो लाइन लाग्ने र कतिपय स्थानमा उपभोक्ताले ग्यासका लागि हप्तौँ कुर्नुपर्ने अवस्था देखिएको छ।

निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक भण्डारण नगर्न र सम्भव भएसम्म बिजुली वा इन्डक्सन चुलो प्रयोग बढाउन आग्रह गरेको छ। साथै कालोबजारी वा अनावश्यक भण्डारण गरे कारबाही गरिने चेतावनी पनि दिएको छ।

यसअघि पनि ०७२ को नाकाबन्दी तथा ०७६–७७ को कोरोना महामारीका बेला ग्यास अभाव भएपछि यस्तै गरी आधा सिलिन्डर वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host