चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने विषय पार्टीको महासमितिबाट पारित भइसकेको बताएका छन्।
चितवनमा आयोजित ४३ औं बिपी स्मृति दिवसको अवसरमा आयोजित बिपी विचार र पार्टी रुपान्तरण अभियान विषयक विचार गोष्ठीमा उनले गठबन्धन नगर्नु नै पार्टी बलियो हुने बाटो रहेको बताए। उनले भने, “गठबन्धन नगरे सरकारमा पुगिन्न भन्ने डर र लोभले गर्दा मात्रै गठबन्धन हुने हो, यसबाट बाहिर निस्कँदा मात्रै पार्टी बलियो हुन्छ।”
थापाले कुनै पनि नेता वा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता नगरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। साथै, “सत्ता छोड्नुपर्ने डर र सत्ता लिप्साबाट बाहिर निस्कनुपर्ने” उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पनि बिपीको मार्गदर्शन अनुसरण गर्दै पार्टीलाई सुदृढ बनाउन सुझाव दिएका थिए।
जिल्ला सभापति राजेश्वर खनालले पेसाकर्मीका सुझावहरू पार्टीको लागि महत्वपूर्ण भएको बताएका छन्।












