काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन्। काठमाडौंमा भएको १३औं महाधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आङ दोर्जी लामाले ४१३ मत पाए। पाण्डे राप्रपाका पूर्वसांसद तथा पूर्वमन्त्री विक्रम पाण्डेका छोरा पनि हुन्। उनी कालिका कन्स्ट्रक्सनका निर्देशक हुन्।
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी भएका छन् भने महासचिवमा शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भएका छन् । ।
कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन्।
नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भएका छन्। आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गंगा पोखरेल विजयी भए भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भए । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन्।












