काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर भए पनि तोकिएको समयमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ११ वैशाखमा नै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेपछि महासंघले बैठक बोलाएको हो ।
महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले महासंघको बैठक आज बस्दैछ । थप धारणा तय गर्ने बताइन् ।
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्ने निर्णय गरेपछि महासंघ रुष्ट भएको छ ।










