Outline Khabar
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
                                                       
No Result
View All Result

सञ्चय कोषद्वारा ५ अर्ब ३० करोड मुनाफा वितरण, ५ लाख सञ्चयकर्ताको खातामा रकम जम्मा

सञ्चय कोषद्वारा ५ अर्ब ३० करोड मुनाफा वितरण, ५ लाख सञ्चयकर्ताको खातामा रकम जम्मा

काठमाडौं। कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जित मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३० करोड रुपैयाँ वितरण गरेको छ।

कोषका अनुसार करिब ५ अर्ब १९ करोड रुपैयाँ सञ्चयकर्ताको खातामा तथा योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा १० करोड ५५ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको हो।

Subisu

कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार रकम खातामा जम्मा गरिएको कोषले जनाएको छ।

कोषका अनुसार प्रत्येक आर्थिक वर्षमा आर्जित कुल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्तालाई मुनाफाका रूपमा वितरण गरिन्छ भने बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने व्यवस्था छ। ती कोषमा सञ्चित रकम आवश्यकता अनुसार सञ्चयकर्ताकै हितमा खर्च गरिने जनाइएको छ।

चालु आर्थिक वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशत ब्याज उपलब्ध गराइएको कोषले जनाएको छ। यसमा १ प्रतिशत मुनाफा थपिँदा सञ्चयकर्ताले कुल ५.२५ प्रतिशत प्रतिफल पाउने भएका छन्। त्यस्तै, सञ्चित रकमको सुरक्षणमा ५.७५ प्रतिशत ब्याजदरमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी उपलब्ध हुँदै आएको छ। यसरी हेर्दा प्राप्त प्रतिफल र सापटी ब्याजबीचको अन्तर ०.५० प्रतिशत मात्र रहेको कोषको दाबी छ।

कोषले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी जस्ता सेवा निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। साथै सञ्चयकर्ता दम्पत्तीका लागि स्वास्थ्य उपचार सोधभर्ना, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायत सामाजिक सुरक्षा सुविधा पनि उपलब्ध गराइँदै आएको छ।

गत आर्थिक वर्षमा मात्रै १९ हजार १११ जना सञ्चयकर्तालाई सुत्केरी तथा शिशु स्याहार सुविधा वापत १४ करोड ३४ लाख रुपैयाँ, ६०५ जनालाई काजकिरिया अनुदान वापत २ करोड ४२ लाख रुपैयाँ, १७० जनालाई दुर्घटना क्षतिपूर्ति वापत ३ करोड ३९ लाख रुपैयाँ प्रदान गरिएको कोषले जनाएको छ। स्वास्थ्य उपचार सोधभर्ना शीर्षकमा ५ हजार ३५५ जनालाई ३४ करोड रुपैयाँ तथा विशेष आर्थिक सुविधा अन्तर्गत निजामतीतर्फका १७२ जनालाई १ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

हाल कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता तथा ९६ हजार निवृत्तभरण कोषका योगदानकर्ता आबद्ध रहेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ किनबेच ?

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जा मन्त्री

सम्पत्ति शुद्धीकरणमा पक्राउ परे कांग्रेस नेता दीपक खड्का

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host