काठमाडौं । गायिका एलिना चौहान आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरूविरुद्ध साइबर ब्यूरो पुगेकी छिन्। केही दिनदेखि त्यस्ता व्यक्तिहरुको सामाजिक संजालमा प्रोफाइलनै सार्वजनिक गरिरहेकी उनी उजुरी हाल्न साइबर ब्यूरो पुगेकी हुन्।
एलिनाले साइबर ब्यूरो पुगेको तस्विर राख्दै फेसबुकमार्फत जानकारी दिएकी हुन्।
‘यो लडाईं मेरो मात्रै होइन। चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन। साथ दिनुहोला,’उनले लेखेकी छन्।
कानुनी प्रक्रियामा गए पनि सामाजिक सञ्जालमा प्रोफाइल पर्दाफास गर्ने अभियान नरोकिने चौहानको भनाइ छ।












