काठमाडौँ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रशासन हुने निर्वाचन आयोगले जनाएको छ ।
आज दिउँसो १ देखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले उम्मेदवारलाई नाम फिर्ता लिन बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिएको छ। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्नेछ भने आजनै उम्मेदवारहरुलाई निर्वाचन चिह्न पनि प्रदान गर्नेछ ।
यहि मङ्सिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।












