काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रको नतिजा सार्वजनिक भएको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र १२४ सिट जितेर प्रत्यक्षमै बहुमतनजिक पुगेको छ। कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ भने एमालेले ८ स्थान जितेको छ।
नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३ स्थानमा जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक र स्वतन्त्रतर्फ एक सांसद बनेका छन्।












