काठमाडौं । जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ११:५६ बजे जुम्लाको उर्थु चौतारामा ३.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, यसअघि दैलेखका माघ २२ गते ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।












