काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक क्षेत्र भएर भूकम्प गएको छ। आइबार बिहान ७ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत माघ २८ मा लमजुङको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।












