काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए ।
प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।
उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।












