काठमाडौं । मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकीलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए।












